पशुसित थारको ठक्करमा एकले गुमाए ज्यान, दुई जना घाइते
पशुसित थारको ठक्करमा एकले गुमाए ज्यान, दुई जना घाइते


चराईदेव (असम), 15 सेप्टेम्बर (हि.स.)। चराईदेव जिल्ला मुख्यालय शहर सोनारीमा द्रूत गतिको थार वाहन पशुसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा थार सवार एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए।

पुलिसले सोमवार बतायो, गए अबेर राति सोनारी क्षेत्रमा द्रूत गतिको थार वाहन सड़कमा बसेको पशुसित ठोक्कियो। यस घटनामा थार सवार दिव्यज्योति फुकनको घटनास्थलमै मृत्यु भयो। घटनामा दुईजना मानिसहरू घाइते पनि भएका छन्।

घटना बारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले गम्भीर रूपमा घाइते मानिसहरूलाई असम मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। दुर्घटना टियकदेखि रजाबाड़ीलाई जोड़्ने सड़कमा भएको हो। पुलिसले मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।

पशुपालकहरूद्वारा पशुहरूलाई सड़कमा बेवारिसे छोड़ेका कारण यो घटना भएको हो। मृतकको परिवारले पशु मालिक विरूद्घ कड़ा कारबाही गर्ने माग गरेका छन्। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande