सशक्त लोकतन्त्रको लागि मीडियाको भूमिका अहमः मन्त्री जोराराम
सशक्त लोकतन्त्रको लागि मीडियाको भूमिका अहमः मन्त्री जोराराम


जयपुर, 15 सेप्टेम्बर (हि.स.)। देशमा मजबुत लोकतन्त्रको लागि मीडियाको भूमिका सदैव अग्रणी रहिआएको छ। स्वतन्त्रतापूर्व प्रिन्ट मीडियाले देशमा क्रान्तिको माहोल उत्पन्न गऱ्यो, तर समयसँगसँगै इलेक्ट्रनिक मीडियाले पनि समाजमा परिवर्तन ल्याउनमा आफ्नो महत्वपूर्ण भीमिकालाई सशक्त बनायो। सो मन्तव्य पशुपालन, गोपालन, डेयरी एवं देवस्थान विभागका क्याबिनेट मन्त्री जोराराम कुमावतले आबु रोडमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्।

मन्त्री कुमावतले आफ्नो सम्बोधनमा भने, समय र परिस्थिति अनुसार परिवर्तन आएको छ। अब प्रिन्ट र इलेक्ट्रनिक मीडियासँगसँगै सोशल मीडियापनि पत्रकारिताको क्षेत्रमा मजबुत स्तम्भको रूपमा उदाएको छ। देश अनि समाजमा पत्रकारको भूमिकामाथि चर्चा गर्द उनले भने, एकजना पत्रकारको कार्य जानकारी प्रदान गर्नु मात्र हुँदैैन, लोकतन्त्रको आधारलाई मजबुत बनाउनु पनि हुन्छ। आजको समयमा अटेन्शन (ध्यान) एक नयाँ बौद्धिक सम्पत्ति बन्न पुगेको छ।

पत्रकारको सत्यलाई उजागार गर्ने तथा मानिसहरूको अटेन्शन कायम राख्ने प्रयास अझ महत्वपूर्ण भएको छ विशेष गरी सूचना उपभोगको परिदृश्य फेरिएको अवस्थामा। मन्त्रीले भने, पत्रकारिता लामो समयदेखिकै यस वास्तविकताको प्रहरी रहिआएको छ जसले सत्यलाई कायम राख्ने कार्य गर्दछ जबकि डिजिटल युगमा अटेनश्न सबैभन्दा वाञ्छनीय मुद्रा भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande