एनएसआईयू उम्मेद्वारहरूलाई समर्थन गर्न सचिन पायलट नर्थ क्याम्पस पुगे
एनएसआईयू उम्मेद्वारहरूलाई समर्थन गर्न सचिन पायलट नर्थ क्याम्पस पुगे


नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। दिल्ली विश्वविद्यालय छात्र संघ (डीयूएसयू)-को चुनाउबीच सोमवार कंग्रेस महासचिव सचिन पायलटले नर्थ क्याम्पसका केही कलेजहरूको भ्रमण गर्नाले छात्र राजनीति तातिएको छ। पायलटले पार्टीको छात्र एकाई भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)- का उम्मीदवारहरूको समर्थनमा मिरांडा हाउस, क्याम्पस ल सेन्टर (सीएलसी) औ हिन्दू कलेजमा विद्यार्थीहरूसित भेट गरे। उनीसित एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरुण चौधरी र दिल्ली कंग्रेस अध्यक्ष देवेन्द्र यादव पनि उपस्थित थिए।

पायलटले भने, दिल्ली विश्वविद्यालय देशकै सबैभन्दा महत्वपूर्ण शैक्षणिक संस्थानहरूमध्ये एक हो र यहाँका विद्यार्थीहरू परिवर्तनका लागि तयार छन्। पायलटले विश्वास व्यक्त गरे, एनएसयूआईका चारैजना उम्मेद्वारहरूले विद्यार्थीहरूको समर्थन र भरोसाले निश्चित रूपमा जीत हासिल गर्नेछन्। उनले भने, यो दौड़ाह एनएसयूआई प्यानलको विस्तृत जनसम्पर्क अभियानको एक भाग हो।

यस अवधि एनएसयूआई अध्यक्ष वरुण चौधरीले भने, संगठनको लक्ष्य विश्वविद्यालय परिसरमा एक समावेशी, प्रगतिशील र विद्यार्थी अनुकूल परिवेश तयार गर्नु हो जसबाट डीयूमा छात्र राजनीति अझ सशक्त बनोस्। उल्लेखनीय छ, मतदान आगामी 18 सेप्टेम्बरमा हुनेछ भने मतगणना 19 सेप्टेम्बरमा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande