पटना, 15 सेप्टेम्बर (हि.स.)। बिहारमा मुजफ्फरपुर शहरको सदर थाना अन्तर्गत भगवानपुर ओभरब्रिज नजिक ट्रेनको चपेटमा परी दुई दिदी-बहिनीको मृत्यु भयो। यी दुई आफ्नै दिदी-बहिनी थिए जो ब्यांकमा कार्यरत् थिए।
पुलिस अनुसार दानापुर-मुजफ्फरपुर इन्टरसिटी ट्रेनबाट झरेर यी दुईको मृत्यु भएको हो। मृतकहरूको पहिचान श्वेता र श्रुचीको रूपमा भएको छ। दिदी श्वेता मुजफ्फरपुरको केनरा ब्यांकमा कार्यरत थिइन् भने बहिनी श्रुची स्टेट ब्यांक अफ इण्डिया मुजफ्फरपुरमा कार्यरत् थिइन्। यी दुवै नै ब्यांकको पीओ पदमा कार्यरत थिए। यी दुई आफ्नो माइत पटनाको दानापुरदेखि मुजफ्फरपुर ड्यूटीमा आइरहेका थिए। यसै क्रममा भगवानपुर ओभरब्रिज नजिक यो दुर्घटना भयो जसमा दुवैको घटनास्थलमै मृत्यु भयो।
प्रत्यक्षदर्शीहरू अनुसार यी दुई दिदी-बहिनी जुन ट्रेन मार्फत पटनाबाट आइरहेका थिए, त्यो ट्रेनको गति भगवानपुर ओभरब्रिज नजिक मन्द भएपछि उनीहरूले उत्रिने प्रयास गरे। यसै अवधि अर्को द्रूत गतिको ट्रेन आएर दुवैलाई चपेटमा पाऱ्यो। घटनापछि स्थानीय मानिसहरूको भीड़ घटनास्थलमा एकत्र भयो अनि पुलिसलाई सूचना दिइयो।
सूचना पाए लगत्ता घटनास्थलमा पुगेको पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। घटनास्थलबाट पुलिसले केनरा ब्यांकको आईडी कार्ड फेला पारेको छ जसबाट मृतक महिलाहरूको पहिचान खोलियो। जाँचमा थाहा लाग्यो, दुवै दिदी-बहिनी दिल्ली निवासी थिए, तर दानापुरमा भाड़ाको घरमा बस्दै आएका थिए। उनीहरूको माइत पटनामै थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा