बीएमडब्ल्यू दुर्घटनामा पीड़ित परिवारले लगायो गम्भीर आरोप
बीएमडब्ल्यू दुर्घटनामा पीड़ित परिवारले लगायो गम्भीर आरोप


नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। दिल्लीको धौला कुवा क्षेत्रमा गए आइतवार अपरान्ह भएको दुर्घटनामा वित्त मन्त्रालयका उपसचिव नवजोत सिंहको मृत्यु भयो। दुर्घटना हुँदा नवजोत बाइकमा सवार भएर घर गइरहेका थिए र उनीसित उनकी पत्नी पनि थिइन्। पत्नीलाई पनि यस दुर्घटनामा गम्भीर चोट लागेको छ। पुलिसले बीएमडब्ल्यू कार चालक आरोपी महिला गगन प्रीतलाई सोमवार पक्राउ गऱ्यो।

पुलिस अधिकारी अनुसार अहिलेसम्मको जाँचमा थाहा लागेको छ कि नवजोत सिंह आफ्नी पत्नी सन्दीप कौरसित गुरूद्वारा बंगला साहिबदेखि घर फर्किरहेका थिए। यसै अवधि एउटा द्रूत गतिको बीएमडब्ल्यू कारले उनको बाइकलाई ठक्कर दियो। यस दुर्घटनामा उनको मृत्यु भयो भने उनकी पत्नी गम्भीर रूपमा घाइते भएकी छन् जसको अस्पतालमा उपचार भिरहेको छ। अब फेरि यस दुर्घटनाको एउटा भीडियो सामु आएको छ।

प्रत्यक्षदर्शीहरूले बताए, दुर्घटना हुँदा बीएमडब्ल्यू कारलाई एकजना महिलाले हाँकिरहेकी थिई र उसको पति पनि उसितै थियो। घटनापछि नजवोत र उनकी पत्नीलाई 22 किलोमीटर टाड़ा जीटीबी नगरस्थित न्यूलाइफ अस्पतालमा लगियो जहाँ नवजोतको मृत्यु भयो। मृतक नवजोतको परिवारले प्रश्न उठाउँदै आरोपी चालकमाथि कारबाही गर्ने माग गरेको थियो।

नवजोतका छोरा नवनूर सिंहले बताए, उनका पितालाई घटनास्थलदेखि 22 किलोमीटर टाड़ा न्यू लाइफ अस्पतालमा लगियो जबकि नजिकै एम्स र सफदरगञ्ज अस्पतालमा पनि थियो। परिवारको भनाइ छ, यदि नवजोतलाई नजिकैको अस्पतालमा लगेको भए सायद बच्नेथियो।

नवजोतकी पत्नी सन्दीपले पुलिसमा सिकायत दर्ता गरी भनिन्, उनले बारम्बार नजिकैको अस्पतालमा लैजानको लागि भनिरहेकी थिइन्, तर उनको कुरालाई कसैले सुनेन। सन्दीप कौरको आरोप छ, यदि तुरून्त नजिकैको ठूलो अस्पतालमा भर्ती गराएको भए उनको पतिको ज्यान बच्न सक्थ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande