शिक्षकहरूको स्थानान्तरण तथा नियुक्तिमा व्याप्त ढिल्याईलाई केन्द्र गर्दै शिक्षा विभागद्वारा कड़ा निर्देश जारी
शिक्षकहरूको स्थानान्तरण तथा नियुक्तिमा व्याप्त ढिल्याईलाई केन्द्र गर्दै शिक्षा विभागद्वारा कड़ा निर्देश जारी


इटानगर, 15 सेप्टेम्बर (हि.स.)। अरुणाचल प्रदेशका शिक्षकहरूको स्थानान्तरण औ नियुक्तिमा भइरहेको विलम्बलाई मध्यनजर गर्दै राज्य शिक्षा विभागले जिल्ला अधिकारीहरूलाई कड़ा निर्देश जारी गरेको छ। शिक्षा विभागले आफ्नो आदेशमा भनेको छ, उनीहरूले स्थानान्तरित भएका सबै कर्मचारीहरूलाई तुरून्त कार्यमुक्त गर्दै यो सुनिश्चित गरून् कि उनीहरूले अलिकति पनि ढिलो नगरी आफ्नो नयाँ कार्यभार सम्हालुन्।

शिक्षा आयुक्त अमजद टाकले गत शनिवार जिल्ला शिक्षा अधिकारीहरूलाई सोमवारसम्ममा एक विस्तृत रिपोर्ट तयार पार्ने निर्देश दिएका थिए जसमा स्थानान्तरित शिक्षकहरूको नाम तथा वर्तमान पदस्थापना सहित उनीहरूको पुरानो स्कूलहरूबाट कार्यमुक्त भएको तिथि र नयाँ स्कूलहरूमा कार्यभार ग्रहण गर्ने तिथि पनि सामेल छ। निर्देशमा चेताउनी दिइएको छ, यदि कुनै अधिकारीले यसको पालना गरेनन् भने सम्बन्धित अधिकारीविरूद्ध सम्बन्धित सेवा नियमहरू अन्तर्गत कड़ा कारबाही गरिनेछ।

सरकारले सरकारी स्कूलहरूमा जनशक्तिलाई युक्तिसंगत औ सुव्यवस्थित बनाउने व्यापक योजना अन्तर्गत गत 20 जुलाईमा 203 जना शिक्षकहरूको स्थानान्तरण तथा नियुक्तिको अधिसूचना जारी गरेको थियो। यद्यपि अधिकारीहरूले स्वीकार गरे, केही शिक्षकहरूले छुट पाउनका लागि चिकित्सा कारण वा जीवनसाथीको नियुक्तिलाई आधारको रूपमा पेश गर्दै स्थानान्तरणको विरोध गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande