नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले सोमवार नयाँ दिल्लीमा नीति आयोगको एक रिपोर्ट जारी गरिन्। यस बाहेक उनले नीति आयोगको तर्फबाट निर्मित फ्रन्टियर टेक रिपोजिटरीको पनि शुभारम्भ गरिन्। उनले यस्ता नियमक उपायहरूको आवश्यकतामाथि बल दिइन्, जसले तकनीकी नवाचार, विशेष रूपमा कृत्रिम बुद्धमित्ता (एआई) लाई हतोत्साहित नगरेर जिम्मेवारको साथ प्रोत्साहित गरोस्।
वित्त मन्त्री निर्मला सीतारमणको साथ केन्द्रिय रेल, सूचना एवं प्रसारण, इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णव पनि उपस्थित रहे। नीति आयोगको यो रिपोर्ट 'विकसित भारतको निम्ति कृत्रिम बुद्धिमत्ता: त्वरित आर्थिक विकासको अवसर' विषयमाथि छ। वित्तमन्त्रीले भनिन्, सरकार न केवल एआई प्रौद्योगिकीहरूलाई अपनाउनका लागि प्रतिबद्ध छ तर विभिन्न क्षेत्रहरूमा यसको जिम्मेवार अनुप्रयोगलाई पनि सुनिश्चित गर्न चाहन्छ। एआई तीव्र गतिमा प्रगति गर्ने, वास्तविक समय, गतिशील चीज हो। यसैले हामीलाई सबै सचेत रहनुपर्छ कि हामी नैतिकतादेखि पछि नहटौं किनभने एआईको पनि आफ्नै चुनौतीहरू हुनसक्छ।
रिपोर्ट अनुसार, अनुमानले दर्शाउँछ कि एकातिर एआईले धेरै नयाँ भूमिकाहरू सृजित गर्नेछ जबकि अर्कोतिर, विशेष रूपमा लिपिकीय, नियमित र निम्न-कौशलका क्षेत्रहरूमा धेरै वर्तमान नोकरीहरूलाई पनि विस्थापित गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी