मुख्यमन्त्री रेखा गुप्ताले गुरू नानक देवको ज्योति-जोत दिवसमा उनलाई नमन गरिन्
मुख्यमन्त्री रेखा गुप्ताले गुरू नानक देवको ज्योति-जोत दिवसमा उनलाई नमन गरिन्


नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार सिख पन्थका प्रथम गुरु श्री गुरु नानक देवको ज्योति-जोत दिवसमा उनलाई नमन गरेकी छन्।

रेखा गुप्ताले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी लेखिन्, मानवतालाई प्रेम, समानता तथा सेवाको दिव्य सन्देश दिने सिख पन्थका प्रथम गुरू श्री गुरु नानक देवजीको ज्योति-जोत दिवसमा कोटी-कोटी नमन। गुरु नानक देवजीले आफ्नो सम्पूर्ण जीवन लोककल्याण तथा आत्मिक उत्थानको लागि समर्पित गरे। उनका शिक्षाहरूले सदैव करूणा, समरसता तथा सत्यको पथमा अग्रसर हुने प्रेरणा दिरहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande