गुवाहाटी, 16 सेप्टेम्बर (हि.स.)। मौसम विभागले आगामी दुई-तीन दिनसम्म असमका विभिन्न जिल्लाहरूमा विशेष गरी गुवाहाटी महानगर क्षेत्रमा भारीभन्दा अति भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। वर्षाको कारणले जलभराउको समस्या बढ़्ने, यातायात बाधित हुने तथा संवेदनशील क्षेत्रहरूमा पैह्रोको जोखिम झन् बढ़्ने आशंका छ।
मौसम विभागको पूर्वानुमान पश्चात प्रशासनले स्थितिमाथि कड़ा नजर राखेको छ साथै आपतकालीन सेवाहरूलाई अलर्टमा राखिएको छ। हालका दिनहरूमा घना वर्षाको कारणले भएको जलभराउ, पैह्रो आदिका घटनाहरूलाई मध्यनजर गर्दै आम मानिसहरूसित आवश्यक सतर्कता अप्नाउने तथा सतर्क रहने अपील गरिएको छ।
प्रशासनले दैनिक तथा दूरगामी यात्रीहरूलाई सल्लाह दिएको छ, उनीहरूले आफ्नो दिनचर्या तथा यात्रा गर्ने योजना होशियारीपूर्वक बनाउन् तथा घना वर्षा अवधि अनावश्यक यात्रा गर्नदेखि बचुन्। यसरी नै हिमाली क्षेत्रहरूमा बस्ने मानिसहरूलाई बाढ़ी एवं पैह्रो जाने सम्भावनालाई ध्यानमा राखेर सतर्क रहने तथा औशधि, मैनबत्ती आदि आवश्यक वस्तुहरू पहिला नै सुरक्षित राख्ने सल्लाह दिइएको छ।
आपतकालीन स्थितिमा मानिसहरूले असम राज्य आपदा प्रबन्धन प्राधिकरणको हेल्पलाइन 0361-1070, 0361-1079, 0361-112 औ जिल्ला आपदा प्रबन्धन प्राधिकरणको हेल्पलाइन 0361-1077 मा सम्पर्क गगर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा