फिडे ग्र्याण्ड स्विस टोर्नामेन्ट जितेकोमा वैशाली रमेशबाबूलाई ममता ब्यनर्जीले दिइन् बधाई
फिडे ग्र्याण्ड स्विस टोर्नामेन्ट जितेकोमा वैशाली रमेशबाबूलाई ममता ब्यनर्जीले दिइन् बधाई


कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। भारतीय शतरञ्ज खेलाड़ी वैशाली रमेशबाबूले फेरि एकपटक चमत्कार देखाएका छन्। उनले लगातार दोस्रो पटक फ्रिडे ग्र्याण्ड स्विस टोर्नामेन्ट जितेर भारतको सुनाम फैलाएका छ्। यस ऐतिहासिक उपलब्धिमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले उनलाई हार्दिक शुभकामना दिएकी छन्।

ममता ब्यनर्जीले मंगलवार सोशल मीडिया मञ्च एक्समा लेखिन्, “वैशाली रमेशबाबूलाई लगातार दोस्रो पटक फिडे ग्र्याण्ड स्विस टोर्नामेन्टमा जीत हासिल गरेकोमा बधाई। यो एउटा अनौठो उपलब्धि हो। म उनको परिवार र मित्रहरूलाई पि यस सफलताको निम्ति शुभकामना दिन्छु।”

उल्लेखनीय छ, वैशाली र उनको भाइ प्रज्ञानानन्दन दुवै नै अन्तर्राष्ट्रिय स्तरमा सतरञ्जको दुनियाँमा आफ्नो पहिचान बनाइरहेका छन्। वैशालीको यो उपलब्धि आगामी पिँढ़ीका खेलाड़ीहरूको लागि एक प्रेरणा हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande