बोनसको मागमा नागेश्वरी चिया बगानका श्रमिकहरूको विरोध प्रदर्शन
बोनसको मागमा नागेश्वरी चिया बगानका श्रमिकहरूको विरोध प्रदर्शन


जलपाईगुड़ी, 16 सेप्टेम्बर (हि.स)। जिल्लाको नागेश्वरी चिया बगानका श्रमिकहरूले सरकारद्वारा निर्धारित 20 प्रतिशत बोनसको मागलाई लिएर फेरि विरोध प्रदर्शन शुरू गरेका छन्। मंगलवार बिहान यसै मागलाई लिएर नागेश्वरी चिया बगानमा एक गेट मिटिंग सम्पन्न भयो। त्यसपछि श्रमिकहरूले मेटेली पुलिस स्टेशनमा पुगेर विरोध प्रदर्शन गरे। बगानका तृणमूल कंग्रेस, भाजपा, माकपा औ पश्चिमबंग चिया मजदुर समितिले संयुक्त रूपमा विरोध प्रदर्शन गरे। यसबीच बगान मालिकका अधिकारीहरूले श्रम विभागलाई पत्राचार गरी 8.33 प्रतिशतको दरले बोनस दिने अनुरोध गरेका छन्। जबकि श्रमिकहरू यति थोरै प्रतिशतमा बोनस लिन तयार छैनन्।

हालैमा राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले पनि आफ्नो जलपाईगुड़ी भ्रमण अवधि 20 प्रतिशतको दरले बोनस दिने घोषणा गरेकी थिइन्। त्यसपछि श्रमिकहरूले आफ्नो विरोधलाई स्थगित गरेका थिए। यद्यपि श्रमिक नेताहरूले पहिला भनेका थिए, यदि बगान मालिकले 15 सेप्टेम्बरभित्रमा 20 प्रतिशत बोनस दिएन भने 16 सेप्टेम्बरदेखि उनीहरूले पुनः आन्दोलन शुरू गर्नेछन्। उनीहरूको माग पूरा नभएपछि मंगलवारदेखि पुनः श्रमिकहरूले आन्दोलन शुरू गरेका छन्।

श्रमिक नेताहरूले बताए, बगान मालिक अधिकारीहरूले अहिलेसम्म 20 प्रतिशत बोनस दिने घोषणा गरेका छैनन्। त्यसैले पूर्वनिर्धारित कार्यक्रम अनुसार फेरि आन्दोलन शुरू गरिएको हो। यसबीच बगानमा कुनै पनि प्रकारको अशान्ति सृजना हुन नदिनको लागि आज मेटेली पुलिस थानाका आईसीलाई पनि मामिलाको जानकारी गराइयो। मालबजारका श्रम अधिकारीलाई पनि चाँड़ै 20 प्रतिशत बोनसको माग बारे सूचित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande