एसएसपी परीक्षामा नयाँ विवादः सांसद कल्याण ब्यनर्जीले दिए स्पष्टिकरण
एसएसपी परीक्षामा नयाँ विवादः सांसद कल्याण ब्यनर्जीले दिए स्पष्टिकरण


हुगली, 16 सेप्टेम्बर (हि.स.)। हुगली ज़िल्लाको श्रीरामपुरबाट तृणमूल सांसद कल्याण ब्यनर्जीले मंगलवार एसएससी शिक्षक क्षर्ती परीक्षामा नोया (विवाहित महिलाहरूले हातमा लगाउने फलामको कड़ा)- लाई लिएर भएको विवादमाथि आफ्नो प्रतिक्रिया व्यक्त गरे। उनले दाबी गरे, जुन युवतीलाई परीक्षा केन्द्रमा नोया निकाल्न लगाइएको थियो, तिनले सुरूमा परीक्षा दिन अस्वीकार गर्दै परीक्षा केन्द्रदेखि बाहिरिइन्। तर पछि फेरि तिनले फर्केर आएर परीक्षा लेखिन्।

वास्तवमा आइतवार सम्पन्न एसएससी परीक्षा एघारौ-बाह्रौं श्रेणीको लागि शिक्षक भर्ती परीक्षा थियो। केन्द्र परेको थियो कालनाको हिन्दू गर्ल्स हाइ स्कूल। जाँच अवधि युवतीसित भनियो, उनले नोया खोलेर राखुन्, किनभने परीक्षा केन्द्रमा कुनै पनि धातुको वस्तु लैजानु नियम विपरीत छ। युवतीले अस्वीकार गरिन् अनि भनिन्, उनको हालैमा विवाह भएको कारणले कुनै पनि स्थितिमा नोयालाई खोल्न मिल्दैन। त्यसपछि युवतीले परीक्षा केन्द्रलाई छोड़ेर गइन्। घटना सामु आउनसाथ सोशल मीडियामा चर्चाको विषय बन्न पुग्यो।

मंगलवार सोशल मीडियामा पोस्ट गर्दै सांसद कल्याण ब्यनर्जीले लेखे, “मनीषा सिकदार, रोल नम्बर 122252903057- को सीट 1400 नम्बर केन्द्रमा थियो। जाँच गर्दा उनको हातमा धातुको कड़ा भएको कारणले मेटल डिटेक्टर बज्यो। पहिला तिनी केन्द्रदेखि बाहिर गइन्, तर पछि आफै आएर परीक्षा दिइन्।”

सांसदको भनाइ छ, यस मुद्दालाई “योजनाबद्ध ढंगमा आफ्नो पक्षमा सच्चाएर” पेश गरियो अनि सोशल मीडियामा गलत सूचना फैलाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande