कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। पश्चिम मिदनापुर जिल्लाको पांशकुड़ा सुपर स्पेशियलिटी अस्पतालबाट एउटा अचम्भको मामिला सामु आएको छ। यहाँ दुष्कर्मका आरोपी फेसिलिटी म्यानेजरमाथि अब धेरैजना अस्थायी महिला स्वास्थ्यकर्मीहरूले शारीरिक शोषण गरेको आरोप आरोप लगाएका छन्।
आरोपी जहिर अब्बासलाई पुलिसले गए सोमवार एक जना स्वास्थ्यकर्मीसित दुष्कर्म गरेको आरोपमा पक्राउ गरेको थियो। 24 घण्टाभित्रै उमाथि अन्य आरोपहरू पनि लागेको छ। अस्थायी स्वास्थ्यकर्मीहरूको आरोप छ, आरोपीले उनीहरूलाई कामबाट निकाल्ने धम्की दिन्थ्यो अनि यसै दबावमा उनीहरूसित दुष्कर्म गर्थ्यो। सिकायतकर्ताहरूको भनाइ छ, घटना बारे बाहिर बताइए गम्भीर परिणाम भोग्नुपर्ने धम्की समेत उनीहरूलाई आरोपीले दिन्थ्यो।
अस्पतालका सुपर कौशिक दलले बताए, आरोपीको अस्पतालमा ठूलो प्रभाव थियो। यस मामिला बारे उच्च अधिकारीहरूलाई अवगत गराइएको छ साथै भविष्यमा यस्ता घटनाहरू हुन नदिनका लागि कड़ा कदम उठाइनेछ।
मंगलवार अस्पतालका अस्थायी कर्मचारीहरूले आरोपीको दादागिरी विरूद्ध विरोध प्रदर्शन गरे। तथापि पुलिसको हस्तक्षेपपछि यो प्रदर्शन समाप्त भयो।
पुलिसले आरोपीलाई तमलुक अदालतमा पेश गऱ्यो। अदालत लैजाने क्रममा जहिर अब्बासले आफूलाई निर्दोष बताउँदै भन्यो, उसलाई षड़यन्त्र अन्तर्गत फसाइएको हो।
जानकारी अनुसार आरोपी शेख जहीर अब्बास एक ठेका कम्पनीको फेसिलिटी म्यानेजर हो। आरोप छ, उसले एकजना स्वास्थ्यकर्मीलाई औषधि दिने बहानामा कोठामा बोलाएर दुष्कर्म गऱ्यो। पीड़िताले साहस गरेर पांशकुड़ा थानामा लिखित सिकायत दर्ता गराइन् जसपश्चात पुलिसले उसलाई पक्राउ गऱ्यो।
यो मामिलाले अस्पतालको सुरक्षा व्यवस्था र अस्थायी कर्मचारीहरूको स्थितिमाथि गम्भीर प्रश्न तेर्साउँछ। पुलिसले अब अन्य पीड़ितहरूको सिकायत पनि दर्ता गरी अग्रिम कारबाही गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा