मालदा, 15 सेप्टेम्बर (हि.स.)। मालदा जिल्ला पुलिसलाई नशा विरोधी अभियानमा ठूलो सफलता प्राप्त भएको छ। कालियाचक थानाको पुलिसले मंगलवार गंगानारायणपुर क्षेत्रमा छापा मारेर मादक पदार्थ तस्करीको मामिलालाई सामु ल्याएको छ।
यस अवधि पुलिस टीमले गुप्त सूचनाको आधारमा स्थानीय मदन मण्डल, पिता निवारण मण्डललाई घेराबन्दी गरेर समात्यो। जाँच गर्दा उबाट 413 ग्राम ब्राउन शुगर जफत गऱ्यो। अधिकारीहरूले बताए, जफत गरिएको मादक पदार्थको अन्तर्राष्ट्रिय बजारमा अनुमाित मूल्य लगभग 40 लाख रुपियाँ रहेको छ।
आरोपीलाई घटनास्थलबाटै पक्राउ गरियो अनि उविरूद्ध एक विशेष मामिला दर्ता गरी जाँच शुरू गरिएको छ।पुलिसले उसलाई अदालतमा पेश गरी पुलिस रिमाण्डको निम्ति उजुरी गरेको छ ताकि नेटवर्कसित जोड़िएका अन्य मानिसहरूसम्म पुग्न सकियोस्।
पुलिस प्रशासनले स्पष्ट पारेको छ, आगामी दिनमा जिल्लाभरि नै विशेष अभियानलाई अझ तीव्रता दिइनेछ ताकि समाजलाई नशामुक्त बनाउने लक्ष्यलाई हासिल गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा