मोरीगाउँ (असम), 16 सेप्टेम्बर (हि.स.)। असमको मोरीगाउँस्थित जिल्ला कारागारमा मंगलवार भोर बिहान एकजना बन्दीको संदिग्ध परिस्थितिमा मृत्यु भयो। मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि स्थानीय सामुदायिक स्वास्थ्य के्द्रमा लगियो। यस घटनाको कारणले क्षेत्रमा खैलाबैला मचिएको छ।
पुलिस अनुसार मृतक कैदीको पहिचान नगाँं जिल्लान्तर्गत उलनी थाना क्षेत्रको गोरोइमारी निवासी सफिकुल इस्लामको रूपमा भएको छ। सफिकुललाई मोरीगाउँ अदालतले पोक्सो एक्ट अन्तर्गत दोषी ठहर गरेपछि यस कारावासमा थुनिएको थियो। आज भोर बिहान 2.25 बजे सफिकुललाई मृत अवस्थामा मोरीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रमा लगियो।
जेल प्रशासनले बतायो, उसको मृत्यु श्वास-प्रश्वास सम्बन्धि कठिनाईको कारणले भएको हो। जेल प्रशासनले यो पनि बताएको छ, मृत्यु कुन कारणले भएको हो, पोस्टमर्टम रिपोर्ट आएपछि नै स्पष्ट हुनेछ।
उल्लेखनीय छ, यसै कारावासबाट एक वर्षभित्रमा दुई पटक बन्दीहरू भागेको घटना पनि घटिसकेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा