सिलगढ़ी पुलिस कमिश्नरेटले शहरका पूजा मण्डपहरूको गरे निरीक्षण
सिलगढ़ी पुलिस कमिश्नरेटले शहरका पूजा मण्डपहरूको गरे निरीक्षण


सिलगढी 16 सेप्टेम्बर (हि.स)। सिलगढ़ीका पुलिस कमिश्नर सी. सुधाकरले पूजाका तयारी तथा सुरक्षा व्यवस्थाको जायजा लिनका लागि विभिन्न पूजा मण्डपहरूको निरीक्षण गरे। पुलिस कमिश्नरेटले मंगलवार पुलिसका अन्य अधिकारीहरूको साथमा पूजा मण्डपहरूको निरीक्षण गरे। यस अवधि उनले मण्डलमा प्रवेश तथा निकासी मार्गको जाँच गरे। उनले यो पनि जाँच गरे, मण्डप कुन वस्तुले बनिएको छ र त्यसमा आगो निभाउने सहित अन्य के-के व्यवस्था छ। यसको साथै पुलिस अधिकारीहरूले पूजा आयोजकहरूसित पनि बातचित गरे।

यस वर्ष प्रत्येक क्लबका सदस्यहरूलाई पुलिसले आगो निभाउने तथा भीड़ निन्त्रण सहित विभिन्न विषयहरूमा प्रशिक्षण दिरहेको छ। मंगलवार अधिकारीहरूले दादाभाई स्पोर्टिंग क्लब, सुब्रत संघ, संघश्री, तरुण तिर्थ, हैदरपाड़ा स्पोर्टिंग क्लब, सेन्ट्रल कॉलोनी सहित विभिन्न मण्डपहरूको दौड़ाह गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande