नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले दिल्ली एवं हरियाणाका केही मामिलाहरूमा भगौड़ा एकजना ग्रेजुएट उपद्रवीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान बागपत निवासी रजत तोमर उपनाम राजबीर (45)-को रूपमा भएको छ। आरोपी पछिल्लो लगभग पाँच वर्षदेखिकै पुलिसलाई छक्काएर भागिरहेको थियो। पुलिसदेखि बच्नको लागि उसले आफ्नो नाम परिवर्तन गरेर राजबीर राखेको थियो। अब टीमले आरोपीलाई दिल्लीको पञ्जाबी बाग क्षेत्रबाट पक्राउ गरेको छ।
क्राइम ब्राञ्चका पुलिस उपायुक्त आदित्य गौतमले बताए, उनको टीमले भगौड़ा उपद्रवीहरूलाई निरन्तर खोजिरहेको छ। यसै क्रममा टीमलाई थाहा लाग्यो कि केही मामिाहरूमा भगौड़ा आरोपी रजत उपनाम राजबीर पञ्जाबी बागमा लुकेर बसेको छ। टीमले जानकारी जुटाएपछि आरोपीलाई पक्राउ गऱ्यो।
जाँचमा थाहा लागे अनुसार वर्ष 2007-मा आरोपीले विकासपुरी क्षेत्रस्थित एउटा पसलभित्र पसेर पसल मालिकमाथि हमला गरेको थियो। यस अतिरिक्त वर्ष 2016-मा आरोपी गुरूग्राम सेक्टर-29 डीएलएफमा भएको लुटमा पनि सामेल छ। उसलाई पेस्तोलसितै पक्राउ गरिएको थियो। वर्ष 2020-मा आरोपीले द्वारका सेक्टर-23 क्षेत्रमा एकजना महिलासित दुर्व्यवहार गरेको थियो। यस अतिरिक्त वर्ष 2021 -मा द्वारका सेक्टर-23 एरियामा आरोपीले धारिलो हतियारले एकजना मानिसमाथि हमला गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा