नयाँ दिल्ली, 16 सेप्टेम्बर (हि.स.)। शाहदरा जिल्लाको आनन्द विहार क्षेत्रका एकजना व्यापारीको घरमा गत 31 अगस्तमा भएको डकेटीको मामिलालाई दिल्ली पुलिसको क्राइम ब्राञ्चले सुल्झाएको छ। पुलिसले यस सिलसिलामा रशिद गिरोहका तीनजना आरोपी सदस्यहरू क्रमैले आमिर सुहेल, दीपक शर्मा र मोमिनलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूबाट एउटा बरेटा पेस्तोल, दुईवटा बन्दुक, 17 वटा कारतूस, घटनामा प्रयोग गरिएको कार तथा अन्य सामानहरू जफत गरेको छ। यस मामिलामा ग्यांगका टाउके राशिद बाहेक राहुल र समीर उपनाम गञ्जा नामक उपद्रवीहरूको खोजीमा छ। गिरोहले अलिगढ़का ट्रान्सपोर्टरको ठेगानामा लुटपाट गर्ने योजना बनाइरहेको थियो।
योजनालाई क्रियान्वयन गर्नको लागि अलिगढ़ जाने दिन नै पुलिस टीमले यिनीहरूलाई समात्यो। जाँचमा थाहा लाग्यो, आरोपी दीपकविरूद्ध हत्या, लुट सहित सातवटा मामिला दर्ता छ भने मोमिनविरूद्घ हत्या तथा लुटका दुईवटा मामिला दर्ता छ।
क्राइम ब्राञ्चका डीसीपी सञ्जीव कुमार यादवले बताए, गत 31 अगस्तमा उपद्रवीहरूले आनन्द विहारको ऋषभ विहार सोसाइटीमा पान मसाला व्यापारीको गोदाममा लुटपाट मचाएका थिए। उपद्रवीहरूले त्यहाँ रहेका मानिसहरूलाई बन्दुक देखाएर बन्धक बनाएका थिए अनि त्यहाँंबाट 14 लाख रुपियाँ लुटेर भागेका थिए। स्थानीय पुलिसले मामिला दर्ता गरी जाँच शुरू गऱ्यो। यस जाँचमा क्राइम ब्राञ्चलाई पनि खटाइएको थियो। जाँचको क्रममा आरोपीहरूलाई पक्रााउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा