शोणितपुर (असम), 16 सेप्टेम्बर (हि.स.)। शोणितपुर जिल्लाको रंगापारा थाना अन्तर्गत जामुनबील गाउँमा गए सोमवार राती जंगली हात्तीहरूकोले व्यापक उत्पात मचाए। हात्तीहरूले गाउँका धेरैजना मानिसहरूको घर भत्काइदिए।
स्थानीय मानिसहरू अनुसार जंगली हात्तीहरूको एक बथान गए सोमवार राती अचानक गाउँमा पस्यो जसलाई देखेर गाउँका मानिसहरूमा भाग-दौड़, हल्ला-खल्ला मचियो। हेर्दा-हेर्द हात्तीहरूले धेरैजनाको घर भत्काउन थाले साथै घरमा राखिएका खाद्यान्नहरूलाई नोक्सान पुऱ्याउन थाले।
हात्तीहरूले नरिवलको रूख, सडक किनारको बिजुलीको खम्बा साथै बगैचाहरूलाई नष्ट गरिदिए। घण्टौंसम्म परिश्रम गरेर स्थानीय मानिसहरू जंगली हात्तीको बथानलाई गाउँ बाहिर निकाल्न सफल भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा