आनन्दपुरमा बहुतले भवनबाट झरेर महिलाको मृत्यु
आनन्दपुरमा बहुतले भवनबाट झरेर महिलाको मृत्यु


कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। कोलकाताको आनन्दपुर क्षेत्रमा मंगलवार बिहान एकजना महिलाको बहुतले भवनबाट झरेर मृत्यु भयो। मृतकाको पहिचान 4 वर्षीय सञ्चिता अग्रवालको रूपमा भएको छ।

घटना कोलकाताको अरबाना कम्प्लेक्सको टावर नम्बर-चारमा भएको हो। पुलिस सूत्र अनुसार बिहान लगभग 5:30 बजे सञ्चिताको अचेत शरीरलाई भवनमुनि देखियो। तुरून्त तिनलाई एनआरएस अस्पतालमा लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। पछि शवको पहिचान मृत महिलाका दुई छोरी क्रमैले सुहाना र भूमि अग्रवालले गरे।

परिवारले बतायो, सञ्चिता शान्त स्वभावकी थिइन् र पछिल्ला केही दिनदेखिको अवसादको शिकार भएकी थिइन्। त्यसैले तिनले यस्तो कदम उठाएको हुनसक्ने शंका व्यक्त गरिँदैछ। पुलिसले 19औं तलाको बालकनी नजिक एउटा स्टुल फेला पारेको छ। अनुमान छ, त्यहीँंबाट तिनले हाम फालिन्।

तथापि पुलिसले अन्य पक्षहरूको पनि जाँच गरिरहेको छ। मृत महिलाको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande