घरमा बुजुर्ग महिलाको गला रेतेर हत्या, चोरहरूमाथि शंका
घरमा बुजुर्ग महिलाको गला रेतेर हत्या, चोरहरूमाथि शंका


बान्दा, 16 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको जिल्ला बान्दामा पैलानी थाना क्षेत्रको सिन्धन कला गाउँमा सोमवार अबेर राति घर बाहिर छप्परमुनि चारपाईमा सुतिरहेकी एक बुजुर्ग महिलाको धारिलो हतियाले गला रेतेर हत्या गरियो। मंगलवार बिहान घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको पुलिसले मामिलाको जाँच शुरू गऱ्यो।

थानाध्यक्ष सुखराम सिंहले बताए, रामादेवी (85) को शव रगत्तामे अवस्थामा भेटिएको छ। परिजनहरूसित सोधपुछमा थाहा लाग्यो, हालमा चोरहरूको आतंक छ। आशंका छ, चोरहरूले नै उनको हत्या गरेको हो। घटनाको एक दिन अगाड़ी मृतक बुजुर्ग महिलाले चोरीको मनसायले आएका संदिग्ध मानिसहरूलाई हपारेऱ भगाएकी थिइन्। पुलिसले घटनास्थलको जायजा लिएर साक्ष्य एकत्र गर्दै शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ। रिपोर्ट आएपछि अगाड़ीको कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande