गंदरबलमा बिजुली नहरबाट 18 वर्षीय युवकको शव उद्धार
गंदरबलमा बिजुली नहरबाट 18 वर्षीय युवकको शव उद्धार


गंदरबल, 17 सेप्टेम्बर (हि.स.)। मध्य कश्मीरको गंदरबल ज़िल्लाको उरपाशमा एउटा बिजुलीको नहरमा डुबेका 18 वर्षीय युवकको शवलाई बुधवार उद्धार गरिएको छ। अधिकारीहरूले जानकारी गराउँदै भने, मृतकको पहिचान ओवैस अहमद बनियाको रूपमा गरिएको छ जो गंदरबलको उरपाश निवासी जुबैर अहमद बनियाका छोरा थिए।

एसडीआरएफले युवकको पत्तो लगाउनको लागि बचाउ अभियान शुरू गऱ्यो। पछि अधिकारीहरूले बताए, उसको शवलाई नहर बाट निकालियो अनि मेडिकल-लीगल औपचारिकताको लागि गंदरबल जिल्ला अस्पतालमा लगियो। यसबीच पुलिसले घटनाको संज्ञान लिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande