कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले आधुनिक भारतीय चित्रकलाका प्रणेता गगनेन्द्रनाथ ठाकुरको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्। बिहीवार बिहान उनले ट्वीटमा लेखिन्, आधुनिक भारतीय कलाका यस महान पथप्रदर्शकलाई जन्मदिवसमा आफ्नो पक्षबाट श्रद्धा अनि प्रमाण अर्पण गर्दछु।
गगनेन्द्रनाथ ठाकुरको जन्म वर्ष 1867- मा कोलकातामा भएको थियो। उनी नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ ठाकुरका दाज्यु ज्योतिरिन्द्रनाथ ठाकुरका छोरा थिए। भारतीय कला जगतमा उनको नाम आधुनिक चित्रकला आन्दोलनका महत्वपूर्ण स्तम्भहरूमा दर्रिन्छ।
उनकी चित्रकलामा बंगालको पुनर्जागरण औ समाज सुधारको झलक देख्न पाइन्छ। गगनेन्द्रनाथ ठाकुरले जापानी चित्रशैलीबाट प्रेरित भएर भारतीय कलालाई नयाँ रूप दिए। उनका चित्रहरूमा देशको संस्कृति, समाज तथा आमजनको जीवन स्पष्ट रूपमा झल्किन्छ।
उनलाई गम्भीर कलाकृतिको लागि मात्र नभएर व्यंग्य चित्रहरूको लागि पनि चिनिन्छ। अंग्रेजी शासनकालमा भारतीय समाजका विसंगतिहरूमाथि उनले केही व्यंग्य चित्र बनाए जसमा तत्कालीन समाज र राजनीतिक स्थितिमाथि चर्को कटाक्ष पाइन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा