प्रयागराज, 18 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्लामा शिवकुटी थाना अन्तर्गत मजार चौरस्ता नजिक गए बुधवार अबेर राती भएको सड़क दुर्घटनामा चारजना युवकहरूको मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसको टीमले शवहरूलाई कब्जामा लिएर कानूनी कारबाही शुरू गरेको छ।
पुलिस उपायुक्त नगर अभिषेक भारतीले बताए, प्रयागराजको मउआइमा थाना अन्तर्गत गिमरहाट गाउँ निवासी आशुतोष गौतम (22), पुत्र तुलसीराम गौतम तेलियरगञ्जमा भाड़ाको कोठामा बस्दै आइरहेका थिए। गए बुधवार राती आशुतोष शिवकुटी थाना क्षेत्रको तेलियरगंज निवासी आदर्श कुमार (15), पुत्र अनिल कुमार, शिवकुटी अम्बेडकर, शनि गौतम (16), पुत्र सञ्जय गौतम एवं कार्तिक (18), पुत्र सुदामासित मोटरसाइकलमा सवार भएर कतै गइरहेका थिए। यसै क्रममा मजार चौरस्ता नजिक पुगेपछि वाहन बाइकसित ठोक्कियो जसमा चारैजना युवकहरू घाइते भए। तत्कालै पुलिसको टीमले चारैजनालाई स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरायो जहाँ चिकित्सकहरूले आशुतोष, आदर्श कुमार,शनि कुमार गौतमलाई मृत घोषित गरिदिए भने कार्तिकको उपचार शुरू गरे। तर उसको पनि बिहीवार भोर बिहान मृत्यु भयो। चिकित्सकहरूले चारैजनाको शवलाई पोस्टमर्टम गर्नकोलागि पठाइदियो। पुलिसको सूचना परिवार पनि घटनास्थलमा आइपुग्यो। यस सम्बन्धमा परिवारको सिकायतमा मुद्दा दर्ता गरी कानूनी कराबाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा