सिलगढ़ी, 18 सेप्टेम्बर (हि.स)। विश्वकर्मा पूजाको राती दुईवटा पसल भयानक आगलागीमा जलेर खरानी भयो। यो घटना सिलगढ़ी महकुमाको खोरीबाड़ी बजारमा भएको हो। आगलागीमा लाखौं रुपियाँको नोक्सान भएको अनुमान लगाइएको छ। भनिन्छ, खोरीबाड़ी थाना संलग्न बजारमा दुई दाज्यु-भाइ उत्तम र विश्वजीत दासको दर्जीको पसल छ। यीमध्ये एक भाइ उत्तम गए बुधवार राती आफ्नो पसलमा काम गरेपछि सुते। राती लगभग 2 बजे भयानक आवाज सुनेर तिनको निद्रा खोलियो। गएर हेर्दा दाज्युको पसलमा आगो बलिरहेको थियो। उसले केही कदम चाल्न अगावै आगोले उसको पसललाई पनि आफ्नो चपेटमा लियो। तथापि उसको ज्यान भने बच्यो। तर लाखौं रुपियाँको नोक्सान भयो। सूचना पाएर नक्सलबाड़ी दमकलको एउटा इञ्जीन र खोरीबाड़ी पुलिस घटनास्थलमा पुग्यो अनि आगोलाई निभायो। आगोमा पूजाको लागि मगाएको कपड़ाहरू सहित सबै जलेर खरानी भयो। दमकल विभागानुसार आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ। अर्कोतिर व्यवसायी समितिले पीड़ितहरूको पक्षमा रहेको बताएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा