मणिपुरमा मादक पदार्श सहित दुई तस्कर पक्राउ
मणिपुरमा मादक पदार्श सहित दुई तस्कर पक्राउ


इम्फाल, 18 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूद्वारा संचालित दुई भिन्न अभियानहरूमा भारी मात्रामा याबा ट्याबलेट र ब्राउन शुगर जफत गरिएको छ। यस मामिलामा दुईजना तस्करहरूलाई पनि पक्राउ गरिएको छ।

मणिपुर पुलिस मुख्यालयले बिहीवार बतायो, सुरक्षा बलहरूले तेंग्नौपाल जिल्लान्तर्गत तेंग्नौपाल पुलिस स्टेशनस्थित नाका चेक पोस्टबाट जाँच अवधि एउटा सिल्भर रंगको ईको भ्यान (एएस- 01बीक्यू-7850)-लाई रोकेर वाहन चालक नौसाद (21, काकचिंग)-लाई पक्राउ गरे। उसको कब्जाबाट जफत गरिएका सामग्रीहरूमा लगभग 10.8 किलोग्राम वजन भएको डब्ल्यूवाई ट्याबलेटको 50 वटा प्याकेट, एउटा ईको भ्यान र एउटा मोबाइल फोन सामेल छन्। जफत गरिएको मादक पदार्थको मूल्य करोड़ौं रुपियाँ रहेको अनुमान लगाइएको छ।

यसरी नै दोस्रो अभियानमा सुरक्षा बलहरूले तेंग्नौपाल जिल्लाको तेंग्नौपाल पुलिस स्टेशनस्थित नाका चेक पोस्टबाट एउटा सिल्भर कलरको ईको भ्यान (एएस-04वाई-0983)-लाई लोकेर त्यसको चालक हेंगौगिन हाओकिप (23, कांगपोकपी)-लाई समाते जसको कब्जाबाट एउटा ईको भ्यान, लगभग 125 ग्राम ब्राउन शुगरले भरिएको 11 वटा प्लास्टिकको साबुनदानी र एउटा मोबाइल ह्याण्डसेट जफत गरिएको छ। पुलिसले दुवै मामिलामा भिन्न-भिन्न प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande