दिल्ली भाजपा अध्यक्षले एसआईआर कार्यक्रमलाई गरे स्वागत
दिल्ली भाजपा अध्यक्षले एसआईआर कार्यक्रमलाई गरे स्वागत


नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बिहीवार चुनाउ आयोगद्वारा शुरू गरिएको स्पेशल इंटेंसिव रिवीजन (एसआईआर) कार्यक्रमलाई स्वागत गरे। उनले भने, भोट हामी सबैको अधिकार हो र जाली भोट प्रजातन्त्रमाथि दुर्गन्धित दाग हो।

प्रदेश अध्यक्ष सचदेवाले आज पत्रकारहरूसित बातचित गर्दै आम आदमी पार्टी एवं कंग्रेसमाथि आरोप लगाए, पछिल्लो 20 वर्षदेखिकै उनीहरूले लोभ्याउने वाचाहरू गरेर जाली भोट बनाउने तथा अनुप्रवेशकारीहरूलाई भोटर लिस्टमा सामेल गर्ने काम गर्दै आइरहेका छन्। पर कई आरोप लगाए। उनले भने, वर्ष 2014 पछि वर्ष 2015- को विधानसभा चुनाउमा अचानक 13 लाख भोट बढ़्यो र वर्ष 2020-को चुनाउसम्ममा यो संख्या 8 लाखभन्दा अधिक बढ़्यो। पछि जाँचमा थाहा लाग्यो कि फुटपाथमा नक्कली घर नम्बर टालेर अल्पसंख्यक भोट बनाइयो।

सचदेवाले कंग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टी संयोजक अरविन्द केजरीवालमाथि एसआईआर कार्यक्रमको विरोध गरेको आरोप लगाउँदै अघि भने, उनीहरूको यो विरोध ती अनुप्रवेशकारी भोटरहरूलाई बचाउनको लागि हो जो यिनीहरूको भोटर बन्न सक्छन्। उनले चुनाउ आयोगको नयाँ प्रक्रिया बारे बताउँदै भने, वर्ष 2002- को भोटर लिस्टलाई आधार बनाएर विशेष पुनरीक्षण हुनेछ जसको नाम 2002-को सूचीमा छ उनीहरूले एन्यूमरेशन फरम मात्र भर्नुपर्छ र जसको नाम छैन उनीहरूले आफ्ना माता-पिताको प्रति बुझाएर नामांकन गराउन सक्नेछन्।

उनले भने, सरकारले यो सुनिश्चित गर्नेछ कि भोटर लिस्ट पूर्ण रूपले दिल्लीकै वास्तविक मतदाताहरूको हो र त्यसमा कुनै जाली वा अनुप्रवेशकारीको नाम नरहोस्। दिल्लीको भोटर लिस्टलाई सही बनाउनको लागि भाजपा लामो समयदेखिकै प्रयासरत् छ र आगामी दिनमा पनि पूर्ण रूपले सहयोग गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande