रेल लाइनबाट सरकारी वकिलको शव उद्धार
रेल लाइनबाट सरकारी वकिलको शव उद्धार


सिलगढ़ी, 18 सेप्टेम्बर (हि.स)। सिलगढ़ीका एक जना वरिष्ठ सरकारी वकिलको शव फांसीदेवा स्थित भतनजोतमा रेल लाइनमा भेटिएको छ। मृतक वकिलको नाम अरूण मिश्रा हो। सिलगढ़ीको मिलनपल्ली निवासी मिश्रा सिलगढ़ी अदालतमा सरकारी वकिल थिए।

सूत्र अनुसार अरुण मिश्राको भतनजोतमा जमीन छ। उनी बिहीवार बिहान आफ्नो जमीनमा धानको खेतीलाई हेर्न आएका थिए। पछि उनको छोरा पिताको मोबाइल फोन बन्द आएको कारणले भतनजोतमा आइपुगे जहाँ तिनले रेललाइन किनारमा पिताको शवलाई देखे। खबर पाउनसाथ जीआरपी एवं फाँसीदेवा पुलिस घटनास्थलमा पुग्यो। पछि घटनाको सूचना पाएर सिलगढ़ी बार एसोसिएशनका सदस्यहरू पनि घटनास्थलमा आइपुगे। यस घटनाका कारण सबै स्तब्ध भएका छन्। अरूण मिश्रा गए बुधवार पनि अदालतमा गएका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande