नयाँ दिल्ली, 18 सेप्टेम्बर (हि.स.)। भारतीय राष्ट्रिय छात्र संगठन (एनएसयूआई)-ले बिहीवार दिल्ली विश्वविद्यालय प्रशासनसित डूसू चुनाउ अवधि मतदान प्रक्रियालाई पूर्ण रूपले निष्पक्ष अनि पारदर्शी बनाइराख्ने अपील गऱ्यो।
एनएसयूआईले भन्यो, उनीहरूलाई केही कलेजहरूबाट मतदान व्यवस्थालाई लिएर विद्यार्थीहरू चिन्तित रहेको सूचना प्राप्त भएको छ। संगठनले विश्वविद्यालयसित आग्रह गऱ्यो, हरेक कलेजमा स्वतन्त्र अनि निष्पक्ष मतदान सुनिश्चित गरियोस् ताकि लोकतान्त्रिक प्रक्रिया सुदृढ़ हुन सकोस्।
एनएसयूआईका राष्ट्रिय अध्यक्ष वरुण चौधरीले भने, हामी विश्वविद्यालय प्रशासनसित अपेक्षा गर्दछौं कि चुनाउ पूर्ण रूपले पारदर्शी तथा निष्पक्षताको साथमा सम्पन्न होस्। विद्यार्थी समुदायको विश्वासलाई कायम राख्ने सबैको साझा जिम्मेवारी हो। उनले भने, एनएसयूआई विद्यार्थीहरूको आवाजलाई सशक्त बनाउन तथा दिल्ली विश्वविद्यालयको लोकतान्त्रिक परम्परालाई कायम राख्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ।
उल्लेखनीय छ, बिहीवार डूसू चुनाउको लागि मतदान भइरहेको जसको मतगणना 19 सेप्टेम्बरमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा