अब कला, विज्ञान तथा वाणिज्य उतीर्ण स्नातक बेरोजगारहरूलाई पनि स्वयं सहायता भत्ता दिइने घोषणा
अब कला, विज्ञान तथा वाणिज्य उतीर्ण स्नातक बेरोजगारहरूलाई पनि स्वयं सहायता भत्ता दिइने घोषणा


पटना, 18 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री नीतीश कुमार विपक्षी दलहरूको लागि एउटै पनि चुनावी मुद्दा बाँकी राख्न चाहँदैनन्। यसै क्रममा बिहीवार उनले राज्य सरकारका सात निश्चय कार्यक्रम अन्तर्गत पूर्वबाटै सञ्चालित मुख्यमन्त्री निश्चय स्वयं सहायता भत्ता लाई विस्तार गरेका छन्। यसान्तर्गत इन्टर उतीर्ण युवक/युवतीहरूलाई पहिलाबाटै प्रदान गरिँदै आएको स्वयं सहायता भत्ता योजनाको लाभ अब कला, विज्ञान एवं वाणिज्य उतीर्ण स्नातक बेरोजगार युवक/युवतीहरूलाई पनि दिइने निर्णय लिइएको छ।

मुख्यमन्त्रीले बिहीवार बिहान आफ्नो एक्समा पोस्ट गरी यस आशयको जानकारी गराउँदै भने, आगामी नोभेम्बर, 2025-मा नयाँ सरकार गठन भएपछि अधिकभन्दा अधिक युवाहरूलाई सरकारी नोकरी तथा रोजगार दिनु अनि उनीहरूलाई सशक्त र सक्षम बनाउनु हाम्रो प्राथमिकता रहेको छ। तपाईहरूलाई थाहा छ, आगामी पांच वर्षमा एक करोड़ युवाहरूलाई सरकारी नोकरी र रोजगार दिने लक्ष्य निर्धारण गरिएको छ। आगामी दिनमा सरकारी एवं निजी क्षेत्रमा ठूलो संख्यामा नोकरी तथा रोजगारको नयाँ अवसर सृजना हुनेछ। यस निर्धारित लक्ष्यलाई प्राप्त गर्नका लागि युवाहरूलाई कौशल विकास प्रशिक्षण दिइँदैछ ताकि उनीहरूले नौकरी/रोजगार प्राप्त गर्न सकुन्।

मलाई यो बताउँ पाउँदा खुशी लागिरहेको छ कि राज्य सरकारका सात निश्चय कार्यक्रम अन्तर्गत पूर्वबाटै संचालित मुख्यमन्त्री निश्चय स्वयं सहायता भत्ता योजनालाई विस्तार गरिएको छ। यस अन्तर्गत इन्टर उतीर्ण युवक/युवतीहरूलाई पहिलाबाटै दिइँदै आएको स्वयं सहायता भत्ता योजनाको लाभ अब कला, विज्ञान र वाणिज्य उतीर्ण स्नातक बेरोजगारहरूलाई पनि दिइने निर्णय लिइएको छ। 20-25 आयु वर्गका स्नातक उतीर्ण युवाहरू जो कतै पनि अध्ययनरत छैनन् तथा नोकरी/रोजगारको निम्ति प्रयासरत् छन्, उनीहरूको कुनै स्वरोजगार छैन अथवा सरकारी, निजी, असरकारी नियोजन प्राप्त भएको छैन- लाई एक हजार रुपियाँ प्रतिमहिनाको दरले अधिकतम दुई वर्षसम्म मुख्यमन्त्री निश्चय स्वयं सहायता भत्ता उक्तान गरिनेछ। मलाई आशा छ, यस सहायता भत्ताको प्रयोग युवाहरूले आवश्यक प्रशिक्षण प्राप्त गर्न तथा प्रतियोगिता परीक्षाहरूको तयारीमा गर्नेछन् ताकि उनीहरूको भविष्य सुनिश्चित हुन सकोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande