ड्रेनमा भेटियो युवकको शव, हत्याको आशंका
ड्रेनमा भेटियो युवकको शव, हत्याको आशंका


सिलगढ़ी, 18 सेप्टेम्बर (हि.स.)। शहरको ईस्टर्न बाइपास संलग्न डम्पिङ ग्राउण्डबाट एक युवकको शव फेला पर्दा सनसनी फैलियो। मृतकको पहिचान श्रीराम बर्मनको रूपमा गरिएको थियो। युवक स्थानीय गराजमा काम गर्थ्यो।

स्थानीय सूत्रहरू अनुसार, श्रीराम मंगलवार राति गराज सफा गरेपछि घरको लागि निस्केको थियो। बिहान घर नपुग्दा परिजनहरूले उसलाई खोज्नु शुरू गरे तर उसको कुनै पत्तो लागेन। बुधवार राति गराज छेउ ड्रेनबाट उसको शव फेला पऱ्यो। सूचना पाएपछि भक्तिनगर पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जाम लिएर पोस्टमार्टमको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल पठायो।

गराज मालिक टोपू घोषले बताए, गए राति गराजमा कुनै हंगामा भएको थियो। गराजभित्र राखिएको चेयर-टेबल भत्केको थियो। सीसीटीभी फुटेजमा श्रीराम अन्य केही युवकको साथ देखिएको छ। उसको हत्या गरिएको उनीहरूलाई आशंका छ। पुलिसले सीसीटीभीको आधारमा जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande