कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालय फेरि एकपटक विवादहरूमा घेरिएको छ। विश्वविद्यालयकी एकजना छात्राले स्टुडेण्ट्स फेडरेशन अफ इण्डिया (एसएफआई)- को आर्ट्स यूनिटका सहसचिव सौमिक मण्डलमाथि अश्लील व्यवहार गरेको गम्भीर आरोप लगाएकी छन्। पीड़िताले यो सिकायत सोझै संगठनमा दर्ता गराएकी छन्।
मामिलालाई गम्भीर रूपमा लिँदै एसएफआईको यादवपुर विश्वविद्यालय क्षेत्रीय समितिले गए बुधवार अबेर राती प्रेस बयान जारी गरी सौमिकलाई हाल संगठनका सबै कार्यहरूदेखि टाड़ा राख्ने फसेला लियो। समितिको यस कदमलाई सम्बन्धित समूहमा आरोपको प्राथमिक स्वीकार्यता मानिँदैछ।
यसबीच विश्वविद्यालय परिसरमा सीसीटीभी क्यामरा जड़ान गर्ने विषयमा वामपन्थी र अतिवामपन्थी संगठनहरूको विरोधलाई लिएर तृणमूल छात्र परिषदले तीव्र हमला गरेको छ। संगठनका नेता सुदीप राहाले सोशल मीडियामा बयान जारी गरी भने, गाउँ एवं शहरहरूबाट सपना बोकेर पढ़्न आएका विद्यार्थीहरूको अकाल मृत्यु भइरहेको छ भने अर्कोतिर प्रमाणलाई मेटाउनको लागि कतिपय मानिसहरूले सीसीटीभीको विरोध गरिरहेका छन्। उनले प्रश्न उठाए, यस दुराचारलाई अब धेर दिनसम्म सहन गर्न सकिँदैन।
सुदीपले माग गरे, सीसीटीभीको विरोध गर्नेहरूमाथि कानूनी कारबाही होस् अनि मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा नामित कुलपतिलाई विश्वविद्यालयमा नियुक्त गरियोस्। उनले राज्यपालमाथि पनि लक्षित गर्दै भने, उनले सनग्लास लगाएर आफ्नो जिम्मेवारीदेखि पन्सिन पाउने छैनन्।
अर्कोतिर छात्रा अनामिका मण्डलको रहस्यमय परिस्थितिमा भएको मृत्युकाण्डको जाँच गर्ने क्रममा गए बुधवार पुलिसले झीलमा गोताखोरहरूलाई उताऱ्यो। त्यहाँबाट एक जोड़ी जुत्ता फेला परेको छ जसलाई परिवारको माध्यमबाट चिन्हित गरिनेछ कि त्यो जुत्ता अनामिकाको हो वा होइन। घटना घटेको दिन झील परिसरमा उपस्थित केही विद्यार्थी, सुरक्षाकर्मी तथा कर्मचारीहरूसित पनि पुलिसले जाँचबुझ गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा