कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा बाल विवाहसित सम्बन्धित आश्चर्चको रिपोर्ट प्रकाशमा आएको छ। राज्यका ग्रामीण क्षेत्रहरूको तुलनामा शहरी एवं महानगरीय क्षेत्रहरूमा बाल विवाहको मामिला अधिक मात्रामा दर्ता भइरहेको छ। हालैमा जारी एक रिपोर्टमा आश्चर्यको तथ्य सामु आएको छ त्यो केहो भने एकातिर ग्रामीण क्षेत्रका मानिसहरूमा बाल विवाहप्रति अपेक्षाकृत अधिक जागरूकता देखिँदैछ भने अर्कोतिर शहरहरूमा स्थिति त्यति सन्तोषजनक छैन।
रिपोर्ट अनुसार पश्चिम बंगालका शहरी औ महानगरीय क्षेत्रहरूमा 18 वर्षदेखि कम उमेरका युवतीहरूको विवाह भएको प्रतिशत 7.6 छ जुन देसभरिकै मात्र नभएर राज्यका ग्रामीण क्षेत्रहरूको तुलनामा पनि धेरै अधिक हो। ग्रामीण क्षेत्रमा यो आँकड़ा 5.2 प्रतिशत दर्ता गरिएको छ।
विशेषज्ञहरूको भनाइ छ, यो स्थिति गम्भीर चिन्ताको विषय हो। राज्यको ग्रामीण तथा शहरी दुवै क्षेत्रमा बाल विवाहको प्रतिशत देशका अन्य राज्यहरूको तुलनामा सबैभन्दा अधिक हो। तर योभन्दा पनि ठूलो मुद्दा के छ भने शहरहरूमा यो प्रतिशत ग्रामीण क्षेत्रहरूभन्दा अधिक पाइएको छ।
राज्य स्वास्थ्य एवं परिवार कल्याण विभागका एकजना वरिष्ठ अधिकारीले आफ्नो नाम उजागर नगरिदिने शर्तमा बताए, सरकारको जागरूकता अभियान ग्रामीण क्षेत्रहरूमा अपेक्षाकृत प्रभावकारी रहिआएको छ भने शहरी तथा महानगरीय क्षेत्रहरूमा यसको प्रभाव त्यति देेखिएको छैन। उनले यो पनि भने, अब शहरी क्षेत्रहरूमा जागरूकता अभियानका कमी-कमजोरीहरूलाई चिन्हित गरी त्यसको समाधान गर्न अब आवश्यक भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा