कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले ममता ब्यनर्जी सरकारमाथि चुनावी प्रक्रियामा धाँधली औ पक्षपात गरेको गम्भीर आरोप लगाएका छन्। बिहीवार माइक्रो ब्लगिंग साइट एक्स पोस्टमा उनले दाबी गरे, उत्तर 24 परगना जिल्लाको हासनाबाद ग्राम पञ्चायतको टीएमसी अञ्चल अध्यक्ष रमेश चन्द्र दासलाई बूथ संख्या- 20 को बूथ लेभल अफिसर (बीएलओ) नियुक्त गरिएको छ।
शुभेन्दु अधिकारीले भने, रमेश चन्द्र दास केवल अस्थायी सहायक शिक्षक हुँदाहुँदै पनि यो जिम्मेवारी दिइयो जबको त्यै बूथका अन्य योग्य शिक्षकहरूलाई नियोजित रूपमा बेवास्ता गरियो। अधिकारी अनुसार यो नियुक्तिले स्पष्ट रूपमा राजनीतिक पक्षपातलाई दर्शाउँछ।
उनले लेखे, “यो कुनै भिन्न-भिन्न घटना होइन ज बकि टीएमसीको सुनियोजित प्रयास हो कि पार्टी वफादारहरूलाई बीएलओ बनाएर चुनावी प्रक्रियामा कब्जा गर्ने। यो कदमले स्वतन्त्र एवं निष्पक्ष चुनाउको पवित्रतालाई धक्का पुऱ्याउँछ अनि लोकतान्त्रिक संस्थाहरूप्रति जनताको भरोसालाई घटाउँछ।”
अधिकारीले चुनाउ आयोगसित यस मामिलालाई तुरून्त संज्ञानमा लिने अपील गरेका छन्। उनले माग गरे, यस प्रकारको नियुक्तिलाई रद्द गरियोस् अनि निष्पक्ष र योग्य व्यक्तिलाई मात्र बीएलओ नियुक्त गरियोस् ताकि चुनावी प्रक्रियाको निष्पक्षता कायम रहोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा