उल्लेखनीय राहत एवं उद्धार कार्यको लागि पुलिस कर्मीहरू सम्मानित
उल्लेखनीय राहत एवं उद्धार कार्यको लागि पुलिस कर्मीहरू सम्मानित


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाका पुलिस अधीक्षक छिरिङ शेर्पाले अप्पर रिम्बिकको प्राकृतिक प्रकोपमा उल्लेखनीय राहत एवं उद्धार कार्य गरेकोमा सम्बन्धित पुलिस अधिकारीहरू र पुलिस कर्मीहरूलाई सम्मानित गरेका छन्। उनले सबै पुलिस कर्मीहरूलाई पुरस्कारको लागि कार्यालय आदेश पनि जारी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, अत्यन्तै प्रतिकूल परिस्थितिमा पनि जीवन बचाउने र घाइते पीडितहरूलाई उद्धार गर्ने काममा उनीहरूले असाधारण साहस, तत्परता र समर्पण प्रदर्शन गरे। उनीहरूको तत्काल कारबाही र कर्तव्यप्रतिको प्रतिबद्धता प्रशंसाको पात्र छ। यो मान्यता उनीहरूको उत्कृष्ट सेवाको लागि स्वीकृतिको प्रतीक रहेको उल्लेख गर्दै यसले अन्यहरूलाई पनि सोही जोश र समर्पणका साथ आफ्नो कर्तव्य पूरा गर्न प्रेरित गर्न सक्छ।

उल्लेखनीय छ, गत 11 सेप्टेम्बर राति अप्पर रिम्बिकमा गएको पैह्रोको चपेटमा परेर तीन जनाले आफ्नो ज्यान गुमाएका थिए। पुलिस कर्मीहरूका साथै अन्य संस्थाका कर्मचारीहरूले प्रतिकूल मौसममा रा​हत एवं उद्धार कार्य चलाउॅंदै दुई जनाको सुरक्षित उद्धार गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande