गेजिङ, 17 सेप्टेम्बर (हि.स.)। अखिल सिक्किम चालक संघ, गेजिङ जिल्लाले आज जिल्ला प्रशासनिक केन्द्र परिसरमा विश्वकर्मा पूजा आयोजन गऱ्यो। जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्गपा पूजा उपस्थित भएर पूजा-प्रार्थना गरे। उनले पूजा कमिटीका सदस्यहरूसॅंग अन्तरक्रिया पनि गरे र सफल पूजा आयोजन एवं यस दिनसॅंग सम्बन्धित परम्परा र भक्तिलाई कायम राखेकोमा सराहना गरे।
याङथाङ निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री भीमहाङ लिम्बू, आरडीडीका चेयरमेन नारायण खतिवडा लगायत अन्य विशिष्ट व्यक्तिहरू पनि पूजामा उपस्थित भएर भगवान विश्वकर्मालाई सबैको सुरक्षा, समृद्धि र कल्याणको लागि प्रार्थना गरेका थिए।जिल्लापालले गेजिङका विभिन्न ठाउॅंहरूमा चालक संगठनहरूद्वारा आयोजित विश्वकर्मा पूजाहरूको पनि भ्रमण गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल