पिकअप भ्यानको ठक्करले व्यक्तिको मृत्यु, दुईजना घाइते
पिकअप भ्यानको ठक्करले व्यक्तिको मृत्यु, दुईजना घाइते


जलपाईगुड़ी, 17 सेप्टेम्बर (हि.स)। मालबजारमा पिकअप भ्यानको ठक्करले एकजना मानिसको मृत्यु भयो भने दुईजना घाइते भए। यीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। यो घटना बुधवार बिहान दमकल केन्द्र नजिक सड़कमा भएको हो। मृतकको पहिचान पप्पू बर्मनको रूपमा भएको छ भने घाइतेहरूको नाम देबाशीष पाल र सत्येन्द्रनाथ बसाक हो।

स्थानीय सूत्र अनुसार एउटा पिकअप भ्यान चालसा तिरबाट द्रूत गतिमा आइरहेको थियो। सोही समय पप्पू, देबाशीष र सत्येन्द्र दमकल केन्द्र नजिक सड़क किनारमा उभिएर बातचित गरिरहेका थिए। पिकअप भ्यान अनियन्त्रित भेर तीनैजनालाई धक्का दिँदै सड़कमा पल्टियो। यस घटनामा एउटा बाइक पनि क्षतिग्रस्त भएको छ। घटनापछि हतार-हतार दमकलकर्मी र स्थानीय मानिसहरूले घाइतेहरूलाई माल सुपरस्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले पप्पूलाई मृत घोषित गरिदिए।

अन्य दुईजना भने उपचाराधिन छन्। घटनापछि पिकअपका चालक घटनास्थलबाट भाग्यो। माल थानाको पुलिस घटनास्थलमा पुगेर पिकअप र मोटरसाइकलाई जफत गरी थानामा लग्यो। घटनाको जाँच शुरू गरिएको छ। भगौड़ा चालकको खोजी जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande