पाकिम, 17 सेप्टेम्बर (हि.स.)। रिनाक निर्वाचन क्षेत्र अन्तर्गत रोडाथाङ शपिङ कम्प्लेक्समा आज सिक्किम आमा सहयोग योजना अन्तर्गत लाभार्थीहरूलाई चेक वितरण गरियो। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु कुमार खतिवडा मुख्य अतिथि थिए।
मुख्य अतिथि खतिवडाले आमाहरूको लागि यो योजना शुरू गरेकोमा कृतज्ञता व्यक्त गर्दै लाभार्थीहरूलाई बधाई दिए। यो योजनाले आर्थिक सहयोग र घरायसी सहयोग मात्र प्रदान गर्दैनन्, तर परिवारहरूमा आर्थिक बोझ पनि कम गर्नेछ भनी उनले बताए। यस सहयोगले घरायसी आवश्यकताहरू पूरा गर्ने र उनीहरूको परिवारको कल्याणमा योगदान पुर्याउने बताउॅंदै उनले लाभार्थीहरूलाई सहयोगको अर्थपूर्ण उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा आमा सशक्तिकरण योजना अन्तर्गत 1000 लाभार्थी र आमा सहयोग योजना अन्तर्गत 40 लाभार्थीहरूलाई चेक हस्तान्तरण गरियो। लाभार्थीहरू रिनाक निर्वाचन क्षेत्रको बुदाङ कमेरे, इस्ट पान्डम, छलमथाङ पाचेखानी, ताजा, अम्बा, रिनाक र तारपिन जीपीयूका थिए।
हिन्दुस्थान समाचार / बिशाल