गौतम बुद्ध नगरमा दुई किशोरी बेपत्ता, परिवारद्वारा मुद्दा दर्ता
गौतम बुद्ध नगरमा दुई किशोरी बेपत्ता, परिवारद्वारा मुद्दा दर्ता


गौतम बुद्ध नगर, 17 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गाैतमबुद्ध नगर जिल्लामा अलग-अलग थाना क्षेत्रबाट दुईजना किशोरीहरू बेपत्ता भएका छन्। यस मामिलामा गए मंगलवार राती पीड़ित परिवारद्वारा मुद्दा दर्ता गरिएको छ।

थाना ईकाेटेकका थाना प्रभारी अजय कुमार सिंहले बुधवार बताए, लोटस भिला सोसाइटीमा बस्ने पीड़ित परिवारले गए मंगलवार राती छोरी बेपत्ता भएको मामिलामा एकजना अज्ञात व्यक्तिविरूद्ध मुद्दा दर्ता गराएको छ। परिवार अनुसार गत 14 सेप्टेम्बरकाे अपरान्ह 3 बजे उनीहरूकी छोरी घरमा कसैलाई नभनी कतै गइन्। छर-छिमेकमा सबैतिर खोजी गर्दा पनि उसको बारेमा केही पत्तो नलागेपछि सोसाइटीको सीसीटीभी फुटेज हेरियो जसमा उनीहरूकी छोरी क्याबमा बसेर कतै गइरहेको देखिएको छ। परिवारले आशंका व्यक्त गरेको छ, छोरीसित केही अप्रिय घटना हुनसक्छ। पुलिसले सिकायतको आधारमा मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।

यसरी नै थाना फेस-2 का थाना प्रभारी विन्ध्याचल तिवारीले बताए, गए मंगलवार राती एकजना व्यक्तिले थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनीहरूकी छोरी याकुबपुर गाउँबाट बेपत्ता भएकी छन्। पीड़ित परिवार अनुसार उनीहरूकी छोरीलाई राजन नामक युवकले फकाई-फुस्लाई अपहरण गरेको छ। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande