सीएपीको मल्लीडॉंड़ामा एसीईसी सशक्तिकरण सम्मेलन सम्पन्न
सीएपीको मल्लीडॉंड़ामा एसीईसी सशक्तिकरण सम्मेलन सम्पन्न


गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमको एसीईसी सशक्तिकरण सम्मेलन आज मल्लीडॉंड़ामा सम्पन्न भयो। एकता, सशक्तिकरण र संगठनात्मक शक्तिको लागि आह्वानका साथ सम्पन्न सम्मेलनमा पार्टी अध्यक्ष गणेश कुमार राई मुख्य अतिथि थिए।

सीएपीद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सम्मेलनमा 32 वटै निर्वाचन क्षेत्रका एसीईसी अध्यक्षहरूका साथै पार्टी कार्यकर्ता, सदस्य र समर्थकहरूको सक्रिय सहभागिताका थियो। यो सामूहिक उपस्थितिले सिक्किमको प्रत्येक निर्वाचन क्षेत्रमा संगठनलाई सुदृढ पार्ने पार्टीको प्रतिबद्धता र तल्लो तहको नेतृत्वको जोलाई प्रतिबिम्बित गर्दछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande