लामडिङबाट चोरी भएको स्कूटी जफत, चोर पक्राउ
लामडिङबाट चोरी भएको स्कूटी जफत, चोर पक्राउ


होजाई, 19 सेप्टेम्बर (हि.स.)। असमको होजाई जिल्लान्तर्गत लामडिङबाट चोरी गरिएको स्कूटीलाई पुलिसले जफत गरेको छ। पुलिसले चोरलाई पनि पक्राउ गरेको छ।

पक्रा परेको चोरको पहिचान विश्वजीत डेको रूपमा गरिएको छ। चोर मूल रूपमा लामडिङ स्थित शीतला पथ क्षेत्रको निवासी हो।

पुलिस अनुसार, होजाईको पुराना बजार स्थित मस्जिद रोडदेखि होजाईकै बिड्डू डे नाम गरेको एक युवक आफ्नो स्कूटी सड़क छेउ खड़ा गरेर समान किन्न गएको थियो। युवक बजार पस्नसाथ चोरले उसको स्कूटी लिएर भाग्यो। टीवीएस स्कूटी (एएस-31डी-6211) गत 15 सेप्टेम्बरमा चोरी भएको थियो र पूरा घटना सीसीटीवी क्यामरामा कैद भएको थियो।

होजाईबाट स्कूटी चोरी गरी विश्वजीतले लामडिङ स्थित शीतला पथ क्षेत्रमा आफ्नो निवास स्थानमा लुकाएको थियो। लामडिङ पुलिसले होजाई पुलिस थानामा दर्ता गराइएको शिकायत र एक गुप्त सूचनाको आधारमा कारबाही गर्दै आज स्कूटी चोर विश्वजीत डेलाई पक्राउ गर्नका साथै चोरी भएको स्कूटीलाई पनि जफत गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande