प्रय़ागराजमा महिलाको हत्या
प्रय़ागराजमा महिलाको हत्या


प्रयागराज, 19 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित फूलपुर थाना क्षेत्रमा अहियापुर गाउँमा बिहिवार राति एक महिलाको हत्या गरियो। शुक्रवार बिहान सूचना पाएपछि घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ।

पुलिस उपायुक्त गंगानगर कुलदीप सिंह गुनावतले बताए, फूलपुर थाना क्षेत्रको कुसुम पट्टी अहियापुर गाउँ निवासी सुशीला देवी 45 वर्ष पत्नी राजेन्द्र बिहिवार राति घर बाहिर चारपाईमा सुतिरहेकी थिई। राति अज्ञात व्यक्तिले उसको टाउँकोमा प्रहार गरी हत्या गऱ्यो र त्यहाँबाट भाग्यो।

शुक्रवार बिहान घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। परिवारबाट शिकायत लिएर मामिला दर्ता गरी शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande