एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग
एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग


गान्तोक, 19 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पार्टीका उपाध्यक्ष एवं मजदूर मोर्चा प्रभारी अरुण लिम्बूको पक्राउलाई भत्सर्ना जनाएको छ। एसडीएफले लिम्बूको पक्राउलाई अलोकतान्त्रिक ठहर गर्दै यसलाई असहमत आवाजहरूलाई दबाउने स्पष्ट प्रयास बताएको छ।

एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानको अध्यक्षतामा आज एक आपतकालीन सभा बस्यो र सभामा सर्वसम्मतिद्वारा अरुण लिम्बूलाई तत्काल रिहा गर्नुपर्ने प्रस्ताव पारित गरिएको प्रचार एवं सोशल मिडिया सचिव मङ्गल न्यौपानेले प्रेस विज्ञप्तिमा बताएका छन्। एसडीएफले अरुण लिम्बूको पक्राउलाई लोकतान्त्रिक सिद्धान्तहरूको अवहेलना बताएको छ।

एसडीएफले भनेको छ, सरकारको कार्यले विपक्षी आवाजहरूसँग संलग्न हुन र सिक्किमका जनताका चिन्ताहरूलाई सम्बोधन गर्न तत्परताको अभाव देखाउँछ। आलोचना सामना गर्न सरकारको असक्षमता र अलोकतान्त्रिक उपायहरूको सहारा लिनाले सरकारको असफलतालाई उजागर गर्दछ।

एसडीएफ पार्टीले अरुण लिम्बूलाई तत्काल रिहा गर्न तथा अधिकारीहरूलाई लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर्न र लिम्बूको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande