सिरसाः अवैध रूपमा भाड़ाको घरमा चलिरहेको नशामुक्ति केन्द्रको पर्दाफास, दुई पक्राउ
सिरसाः अवैध रूपमा भाड़ाको घरमा चलिरहेको नशामुक्ति केन्द्रको पर्दाफास, दुई पक्राउ


सिरसा, 19 सेप्टेम्बर (हि.स.)। स्थानीय पुलिसले सिरसा जिल्लाको डबवाली शहरमा अवैध तरीकाले संचालित गरिरहेको नशा मुक्ति केन्द्रको पर्दाफास गरी दुई जनालाई पक्राउ गरेको छ। पुलिसले केन्द्रबाट 45 नशा पीडि़तहरूलाई रेस्क्यू गरेको छ। पक्रा परेका आरोपी पञ्जाबको निवासी हो र डबवालीमा अवैध तरीकाले नशा मुक्ति केन्द्र खोलेर मोटो रकम लुटिरहेको थियो।

शहर थाना प्रभारी अनिल कुमारले बताए, सूत्रहरूबाट गुप्त सूचना पाइको थियो कि कमलकान्त निवासी गाउँ डबवालीको एक आवासीय घर वार्ड कबीर बस्ती डबवालीमा स्थित छ। यो घरलाई कमलकान्तबाट हरदीप सिंह र इकबाल सिहंद्वारा भाड़ामा लिइएको छ र त्यहाँ उनीहरूद्वारा फर्जी रूपमा बिना अनुमतिको एकनूर नशा मुक्त केन्द्रको नाममा नशा मुक्त केन्द्र चलाइँदैथियो। फर्जी नशा मुक्ति केन्द्रमा हरियाणा र पञ्जाबबाट लगभग 40-45 नशा पीडि़त व्यक्तिहरूलाई गैरकानूनी तरीकाले बन्धक बनाएर राखिएको थियो। नशा पीड़ित व्यक्तिहरू र उनीहरूका परिजनहरूबाट नशा छोड़ाउने नाममा मोटो रकम लिँदैथियो। उनले बताए, आरोपीहरू विरूद्ध शहर थानामा मामिला दर्ता गरी अग्रिम कारबाही गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande