मुख्यमन्त्रीद्वारा दिवंगत बिनामाया शर्मालाई श्रद्धाञ्जली अर्पित
मुख्यमन्त्रीद्वारा दिवंगत बिनामाया शर्मालाई श्रद्धाञ्जली अर्पित


गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज बिहान नाम्चीस्थित विधायक एवं डीएसीएसका चेयरमेन सतिशचन्द्र राईको घर पुगेर उनकी दिवंगत धर्मपत्नी बिनामाया शर्मा (राई) लाई श्रद्धाञ्जली अर्पित गरे। मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा शोक सन्तप्त परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गरेका छन्।

उल्लेख्य, नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईकी धर्मपत्नी बिनामाया शर्माको शुक्रवार 64 वर्षको उमेरमा निधन भएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande