कोकराझार जिल्लाको शक्ति आश्रममा जुबिन गर्गलाई दिइयो श्रद्धाञ्जली
कोकराझार जिल्लाको शक्ति आश्रममा जुबिन गर्गलाई दिइयो श्रद्धाञ्जली


कोकराझार (असम), 20 सेप्टेम्बर (हि.स.)। असमियाको हृदयमा आफ्नो प्रतिभाको माध्यमबाट छाप छोड़्न सफल पार्श्व गायक, अभिनेता जुबिन गर्गको निधनले राज्यभरि नै गहिरो शोक व्याप्त भएको छ। यसै क्रममा गए शुक्रवार राती कोकराझार ज़िल्लान्तर्गत शक्ति आश्रममा आक्रासूको पक्षबाट लोकप्रिय कलाकार एवं हृदयस्पर्शी गायक जुबिन गर्गको आकसमित निधनमा गहिरो शोक व्यक्त गरियो। यस अवधि जुबिनको चित्रमा दीप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण गरियो।

यस अवसरमा आक्रासूका अध्यक्ष द्विपेन राय, सल्लाहकार विष्णुज्योति राय, एसवाई‌जी कलेजका प्राचार्य हाकिम अली प्रमाणिक, कोच राजबंशी साहित्य सभाका महासचिव कमल कुमार बर्मन, फकिराग्राम उच्चतर माध्यमिक विद्यालयकी प्राचार्या उर्मिला राय, कलाकार धरित्री राय, हिमीका देवी समेत अनेकौं गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।

सबै वक्ताहरूले जुबिन गर्गले संगीतिको क्षेत्रमा पुऱ्याएका योगदानलाई स्मरण गर्दै भने, उनी जानाले असम सहित सम्पूर्ण उत्तर-पूर्वले आफ्नो सांस्कृतिक जगतका एक अनमोल रत्नलाई गुमाएका छन्। साथै जुबिनलाई भारत रत्न प्रदान गर्ने अनुरोध पनि भारत सरकारसित गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande