कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजाको मुखैमा फेरि एकपटक पश्चिम बंगालमा बाढ़ीको खतरा मड़ारिरहेको छ। गए शुक्रवार दामोदर भ्याली रिजर्भोयर रेगुलेशन कमिटी (डीभीभीआरसी)-को निर्देशमा दामोदर भ्याली कर्पोरेशन (डीभीसी)-ले माईथन र पनचेत जलाशयबाट 49 हजार 451 क्यूसेक पानी छोड़्यो जसले गर्दा राज्यमा आपदा आइलाग्ने आशंका बढ़ेर गएको छ।
राज्यका सिचाई मन्त्री मानस भुँइयाँले यस फसेलामाथि कड़ा आपत्ति जनाउँदै भने, “पूजाको समयमा यसरी पानी छोड़ेर बंगाललाई संकटमा धकेल्न चाहिरहेको छ डीभीसीले। मुख्यमन्त्री ममता ब्यनर्जीले कैयौं पटक आपत्ति जनाइसकेकी भए पनि उनको कुरालाई बेवास्ता गरिरहेको छ।”
झारखण्डको तेनुघाट बाँधबाट भारी वर्षाको कारणले पानी छोड़िेको छ जुन बिस्तारै पनचेत तर्फ बढ़िरहेको छ। डीभीसी अधिकारीहरूको भनाइ छ, शुक्रवार माईथनबाट 24 हजार औ पनचेतबाट 26 हजार क्यूसेक पानी छोड़ियो। माईथन बाँधमा 481.63 फुट तथा पनचेतमा 410.01 फुटसम्म जलस्तर पुगिसकेको छ जसलाई खतरनाक मानिन्छ।
डीभीसीले स्पष्ट पाऱ्यो, पानी छोड़्ने सूचना विगतमा जस्तै यसपालि पनि पश्चिम बंगाल सरकारका अधिकारीहरूलाई दिइएको छ। डीभीभीआरसीका सदस्य सचिव सञ्जीव कुमारले भने, “हामीसित रहेको मौसम विभागको जानकारी अनुसार महालयको दिन घना वर्षा हुनेछ र पूूजाको समयमा पनि निम्नचापको कारणले घना वर्षा हुने आशंका छ। त्यसैले स्थितिलाई मध्यनजर गर्द पानी छोड़्ने निर्णय लिइएको हो।”
पछिल्लो वर्ष पनि 17 र 18 सेप्टेम्बरमा डीभीसीले अढ़ाई लाख क्यूसेक पानी छोड़ेको थियो जसबाट बंगालका धेरैवटा ठाउँ पानीमा डुबेका थिए। त्यसताक मुख्यमन्त्री ममता ब्यनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्राचार गरी सिकायत दर्ता गराएकी थिइन्।
सिचाई मन्त्री भुइयांँले आरोप लगाए, यो सबै सुनियोजित ढंगमा गरिँदैछ। उनले भने, हालैमा सम्पन्न भएको झारखण्ड, बिहार र पश्चिम बंगालको संयुक्त बैठकमा डभीसीलाई यस्तो कदम नउठाउने सल्लाह दिइएको थियो, तर सल्लाहलाई बेवास्ता गर्दै पानी छोड़ेको छ। यससम्पूर्ण विवादलाई लिएर डीभीसीको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा