भिड़न्तपछि तीन उपद्रवी पुलिसको कब्जामा
भिड़न्तपछि तीन उपद्रवी पुलिसको कब्जामा


नयाँ दिल्ली, 20 सेप्टेम्बर (हि.स.)। रोहिणी जिल्लाको बुध विहार थाना पुलिसको शनिवार भोर बिहान उपद्रवीहरूसित भएको भिड़न्तपछि गोगी ग्यांगका कुख्या अपराधी लल्लु उपनाम अशरू र उसका दुईजना साथीहरूलाई पक्राउ गरियो। भिड़न्तमा लल्लु र उसका साथी इरफान खुट्टामा गोली लागेको कारणले घाइते भएका छन्। तेस्रो आरोपी नितेशलाई पुलिसले घटनास्थलबाटै समात्यो भने अन्य दुईजना उपद्रवी अँध्यारोको फाइदा उठाएर भाग्न सफल भए।

पुलिसले बताए अनुसार सेतो रंगको स्विफ्ट कारमा सवार कल्लु र उसका साथीहरूले एकजना व्यक्तिको कार्यालयमा फायरिंग गर्नलागेको सूचना प्राप्त भएको थियो। त्यसपछि पुलिसले सेक्टर-24 रोहिणीस्थित बाँके बिहारी मन्दिर नजिक नाकाबन्दी गरेर कारलाई रोक्ने चेष्टा गऱ्यो। पुलिसलाई देख्नसाथ उपद्रवीहरूले पुलिसको बोलेरो वाहनलाई ठक्कर दिँदै अन्धाधुन्द गोली चलाउन शुरू गरे। जवाफी कारबाहीमा पुलिसले पनि गोली चलायो। पुलिसले छः राउण्ड फायरिंग गऱ्यो भने उपद्रवीहरूले सात राउण्ड।

भिड़न्तमा घाइते भएकाहरूलाई अस्पतालमा भर्ती गरिएको छ। पक्रा पर्ने आरोपीहरूमा लल्लु उपनाम अशरू (23), निवासी मंगेराम पार्क, इरफान (21), निवासी पूठ कलाँ, विजय विहार अनि नितेश (30) सामेल छन्। यिनीहरूबाट एउटा पेस्तोल र देशी बन्दुक जफत गरिएको छ। पुलिसले मामिला दर्ता गरी भागेका अन्य उपद्रवीहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande