चीनीयाँ मन्झा विरोधी अभियानमा घोला थाना क्षेत्रबाट दुई पक्राउ
चीनीयाँ मन्झा विरोधी अभियानमा घोला थाना क्षेत्रबाट दुई पक्राउ


उत्तर 24 परगना, 20 सेप्टेम्बर (हि.स.)। विश्वकर्मा पूजाको दिन चङ्गा उड़ाउने आयोजन भइरहेको समय चीनीयाँ मन्झाले पूर्व सैनिकको मृत्यु भएको थियो। यस घटनालाई मध्यनजर गर्दै पुलिसले तत्परता देखाउँदै चीनीयाँ मन्झा विरोधी अभियान शुरू गरेको छ। यसै अभियान अन्तर्गत उत्तर 24 परगनाको घोला थाना क्षेत्रबाट पुलिसले चीनीयाँ सिन्थेटिक मन्झाका दुई भिन्न मामिलामा कारबाही गऱ्यो। दुवै मामिलामा प्रचुर मात्रामा प्रतिबन्धित चीनीयाँ मन्झा जफत गरिएको छ।

ब्यारकपुर पुलिस कमिश्नरेटद्वारा शनिवार जारी एक बयानमा उल्लेख गरिएको छ, पहिलो मामिला घोला थाना केस संख्या 317/25, अन्तर्गत पुलिसले सुजीत बर (32)-लाई पक्राउ गरिएको छ। पुलिसले उसको कब्जाबाट विभिन्न रंगका 110 वटा चीनीयाँ मन्झा थ्रेड रील (प्रत्येकको लम्बाई लगभग 1200 गज), 10 वटा चीनीयाँ मन्झा थ्रेड रील (प्रत्येकको लम्बाई लगभग 2400 गज), 03 वटा चीनीयाँ मन्झा थ्रेड रील (प्रत्येकको लम्बाई लगभग 6 हजार गज), 7 वटा चर्खा (प्रत्येकमा लगभग 02 हजार गज मन्झा टाँसिएको) जफत गरेको छ।

यसरी नै अर्को मामिला घोला थाना केस संख्या 318/25 अन्तर्गत पुलिसले रोहित विश्वास(65 वर्षीय)-लाई पक्राउ गरेको छ। उबाट पुलिसले विभिन्न रंगका 17 वटा चीनीयाँ मन्झा रील जफत गरेको छ जसमा 05 वटा कालो रंगको रील (प्रत्येकको लम्बाई लगभग 2900 गज), 03 वटा हरियो रंगको रील (प्रत्येकको लम्बाई लगभग 2400 गज), 03 वटा हल्का पहेंलो रंगको रील (प्रत्येकको लम्बाई लगभग 2400 गज), 03 वटा बैंगनी रंगको रील (प्रत्येकको लम्बाई लगभग 2400 गज), एउटा रातो रंगको रील (लगभग 800 गज), एउटा फुस्रो रंगको रील (लगभग 800 गज), एउटा खरानी रंगको रील (लगभग 800 गज) सामेल छन्।

दुवै मामिलामा आरोपीहरूलाई भारतीय न्याय संहिताको धारा 223/125 तथा पर्यावरण संरक्षण अधिनियम- 1986 को धारा 15 अन्तर्गत पक्राउ गरिएको छ। पुलिसको भनाइ छ, प्रतिबन्धित चीनीयाँ मन्झा पर्यावरणको लागि मात्र हानिकारक नभएर यसबाट मानव एवं पशु-पंक्षीहरूको ज्यानलाई पनि जोखिम हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande