सिक्किम एथलेटिक एसोसिएशनका 32 सदस्यीय राज्य टोली झारखण्ड प्रस्थान
सिक्किम एथलेटिक एसोसिएशनका 32 सदस्यीय राज्य टोली झारखण्ड प्रस्थान


गान्तोक, 20 सेप्टेम्बर (हि.स.)। झारखण्डको राजधानी रांचीमा आगामी 22 देखि 24 सेप्टेम्बरसम्म आयोजना हुन लागिरहेको 36औं इस्ट जोन एथलेटिक्स च्याम्पियनशिप 2025 मा भाग लिनका लागि आज सिक्किम एथलेटिक एसोसिएशनका 32 सदस्यीय राज्य टोली झारखण्ड प्रस्थान भएको छ। राज्य टोलीमा अन्डर 14, अन्डर 16, अन्डर 18 र अन्डर 20 केटा-केटी खेलाडीहरू छन्।

उक्त च्याम्पियनशिप द एथलेटिक फेडरेशन अफ् इण्डियाको वार्षिक कार्यक्रम रहेको बताइएको छ। राज्य टोलीको अगुवाई प्रबन्धक हिस्से तेन्जिङ भोटिया र प्रशिक्षकहरू आरबी सुब्बा र चन्द्रमाया दासले गरिरहेको छ। सिक्किम एथलेटिक एसोसिएशनले सबै खेलाडीहरूलाई च्याम्पियनशिपको लागि शुभकामना र सुरक्षित यात्राको कामना गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande